एसइइमा छ जनाको जिपिए ४ सहित बुढानिलकण्ठमा जोसेफ माविको उत्कृस्ट नतिजा

एसइइमा छ जनाको जिपिए ४ सहित बुढानिलकण्ठमा जोसेफ माविको उत्कृस्ट नतिजा

कपन अनलाइन

काठमाण्डौ,असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जोसेफ माविका ६ जना विद्यार्थीहरुले एसइइ परिक्षामा जिपिए ४ प्राप्त गरेका छन। २०८० सालमा भएको एसइइ परिक्षामा सो विद्यालयका ४ छात्रा र २ छात्रले ४ जिपिए हासिल गरेका छन।

जोसेफ माविका छात्राहरु  अनुपा थापा, आरुषी गौतम,निगम आचार्य र परिधि कँडेलले ४ जिपिए हासिल गरेका छन भने छात्रहरु आयुष अधिकारी र प्रिन्स खड्काले ४ जिपिए पाएका छन।

छ विद्यार्थीको ४ जिपिए सहित  जोसेफ माविले बुढानिलकण्ठ नगरपालिकामा उत्कृस्ट नतिजा  पाएको छ भने ४ विद्यार्थीले ३.९६, एक जनाले ३.९२ र तिन विद्यार्थीले ३.९१ जिपिए पाएका छन।

तपाइँको प्रतिक्रिया ।