एसइइमा तिना जनाको जिपिए सहित भ्याली पब्लिक हाई स्कुलको उत्कृस्ट नतिजा

एसइइमा तिना जनाको जिपिए सहित भ्याली पब्लिक हाई स्कुलको उत्कृस्ट नतिजा

कपन अनलाइन

काठमाण्डौ,असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको भ्याली पब्लिक हाई स्कुलका तिन जनाले एसइइ परिक्षामा ४ जिपिए प्राप्त गरेका छन। २०८० सालको एस इ इ परिक्षामा सो विद्यालयका तिन छात्राहरुले ४ जिपिए हासिल गरेका छन।

लामो समयदेखि शैक्षिक उन्नयनमा सक्रिय भ्याली पब्लिक हाई स्कुलका अदिती पौडेल , पायोजा अर्याल र सुम्निमा लामाले एस इ  इ परिक्षामा ४ जिपिए पाएका छन।

वि.सं. २०५० सालमा स्थापना भएको भ्याली पब्लिक हाई स्कूलले प्ले ग्रुपदेखि कक्षा १२ सम्मको शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।