सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) को केन्द्रीय अध्यक्षमा जे एस पौडेल

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) को केन्द्रीय अध्यक्षमा जे एस पौडेल

कपन अनलाइन

काठमाण्डौ ,असार ४।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान)को गण्डकी प्रदेशको पोखरा स्थित गण्डकी वोर्डिङ्ग स्कुलको सभाहलमा हलै सम्पन्न पन्ध्रौ वार्षिकोत्सब तथा सातौ राष्ट्रिय महाधिवेशनवाट ध्रुवतारा वोर्डिङ्ग स्कुलका प्राचार्य जेएस पौडेलको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वचित भएको छ ।

पूर्व पेट्सानका राष्ट्रिय अध्यक्ष रुपक राजवंशीको अध्यक्षता र गण्डकी विश्व विद्यालयका उपकुलपति नवराज देवकोटाको प्रमुख आतिथ्यतामा सुसम्पन्न उक्त भेलामा सातै प्रदेशवाट गुठी विद्यालयका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता थियो ।

प्रमुख अतिथि देवकोटाले  सर्पका खुट्टा सर्पलेनै देख्छ भने झै हामी आम शिक्षाकर्मीहरु सामाजिक, राजनिती र व्यवसायीक क्षेत्रमा लागेका मानिसहरु जस्तो नभई सध‌ै सक्रिय भ‌ै समस्याको पहिचान लक्ष्य निर्धारण साथ‌ै समाधानका वाटाहरु खोजी गर्दै  सवै ईतिहासको कालखण्डमा रोलमोडल वन्नु पर्ने धारणा राखेका थिए।

संघका सल्लाहाकार द्वोय वुढानीलकण्ठ वोर्डिङ्ग स्कुलका प्रिन्सिपल केशर खुलाल र पाँगा मा वि का संस्थापक रमेश मान महर्जनले शुभकामना मन्तव्य दिदै आम गुठी स्कुलका समस्याहरु सवै तहका सरकार सँग छलफल गरि नीतिगत रुपमै समाधान खोज्नु पर्ने बताएका थिए ।

रमेशमान महर्जन , केशर खुलाल र वम वहादुर मुक्तान रहेको निर्वाचन समितिले राष्ट्रिय अध्यक्षमा जेएस पौडेल , वरिष्ठ उपाध्यक्षमा मेघराज दुलाल र रमेश महर्जन , महासचिवमा जगत महर्ङ ,महिला उपाध्यक्षमा सुनिता सिंह र उपाध्यक्षमा महेश्वर शर्मा , सचिवमा अन्जित कुमार श्रेष्ठ र सरोज न्यैपाने , कोषाध्यक्षमा जयराम गोर्खाली र ८ जना सदस्य निर्वाचित भएका थिए भने २ जना अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको व्यहोरा विधान संशोधन कमिटीका संयोजक महेश्वर शर्माले वताएका छन ।

तपाइँको प्रतिक्रिया ।