नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा बुढानिलकण्ठका १० जनप्रतिनिधि निर्वाचित

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा बुढानिलकण्ठका १० जनप्रतिनिधि निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,असार ३।

बुढानिलकण्ठ नगरपालिकाका १० जना जनप्रतिनिधिहरु नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा निर्वाचित भएका छन।

नेकपा एमाले काठमाण्डौको सातौ जिल्ला अधिवेसनबाट बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख सहित १० जना जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका हुन्।

सो अधिवेसनबाट नगर उपप्रमुख अनिता लामा सहित वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा , वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ, वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे , वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन।

त्यस्तै उक्त अधिवेसनबाट वडा नं ७ की सदस्य राममाया महर्जन र वडा नं ८ की सदस्य गोमा मंग्राती पनि जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन। महर्जन र मंग्राती बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य समेत रहेका छन।

तपाइँको प्रतिक्रिया ।