ट्रुंगग्राम इन्टरनेसनल एकेडेमीको मोडेल युएन कार्यक्रम सम्पन्न

ट्रुंगग्राम इन्टरनेसनल एकेडेमीको मोडेल युएन कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा  रहेको ट्रुंगग्राम इन्टरनेसनल एकेडेमीको मोडेल युएन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरूको कल्पनाशक्ति र सृजनशीलतालाई सक्रिय गर्ने , विद्यार्थीहरूलाई समूहमा कार्य गर्न सिकाउने तथा विद्यार्थीहरू भित्र भएको अन्तरक्रियात्मक क्षमतालाई प्रस्फुटन गर्नका निमित्त विभिन्न गतिविधिहरू सञ्चालन गरिएको  विद्यालयका प्रधानाध्यापक उत्तम राज थापाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा मोडेल युए को अभ्यासका लागि छ वटा समूहबाट १०० भन्दा बढी विद्यार्थीहरू भेला गरी TIA र MUN को सदस्यको रूपमा छनौट भएका  १८ वटा कूटनीतिज्ञ विद्यार्थीहरूलाई आगामी TIA र MUN कार्यक्रममा पदक र छात्रवृत्ति प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूले  सो कार्यक्रममा सहभागी हुन पाउँदा गर्व महसुस भएको अनुभव सुनाएका थिए भने सो अवसरमा  बिनिता खड्का , संस्कृति खतिवडा तथा सम्बन्धित टोलीहरूलाई उत्कृष्ट कार्यका लागि धन्यवाद प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।