जुगल नवगुरुकुलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

जुगल नवगुरुकुलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ २७।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा स्थित जुगल नवगुरुकुल विद्यालयको आयोजनामा  रक्तदान कार्यक्रम  सम्पन्न भएको छ ।

विद्यालय द्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा ७५ जना व्यक्तिहरूले रक्तदान गर्नका निमित्त नाम टिपाएका थिए भने उनीहरूमध्ये ४५ जनाले रक्तदान गरेका थिए।

सो विद्यालयले नियमित पठन पाठन संगै सामाजिक र रचनात्मक कामलाई अगाडी बढाएको जानकारी दिदै प्रधानाध्यापक रुपक लामिछानेले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

विद्यालयको प्राङ्गणमा सञ्चालन भएको उक्त रक्तदान कार्यक्रम ३ बजे समापन भएको थियो।

तपाइँको प्रतिक्रिया ।