काठमाडौं महानगरपालिका वडा नं ७ मा अन्तरविद्यालय फुटबल हुने

काठमाडौं महानगरपालिका वडा नं ७ मा  अन्तरविद्यालय फुटबल हुने

कपन अनलाइन
काठमाडौं, जेठ २५।
काठमाडौं महानगरपालिका वडा नं ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् । विजेताले २० हजारव र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३२ गते हुनेछ । पहिलो संस्करणको उपाधि नोब्सले जितेको थियो ।

तपाइँको प्रतिक्रिया ।