मेयर बालेनको अभिव्यक्तिमा नेकपा एमाले काठमाण्डौ महानगरको गम्भिर ध्यानाकर्षण

मेयर बालेनको अभिव्यक्तिमा नेकपा एमाले काठमाण्डौ महानगरको गम्भिर ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौं, जेठ २३।
काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक संजालमा नेकपा  (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  के.पी. शर्मा ओलीप्रति अनर्गल कुराहरू उल्लेख गरी पोष्ट गरेको भन्दै नेकपा एमाले काठमाण्डौ महानगरपालिका कमिटीले  गम्भिर ध्यानाकर्षण भएको बताएको छ।
नेकपा एमाले काठमाण्डौ महानगरपालिका कमिटीका अध्यक्ष गणेश श्रेष्ठले बिज्ञप्ति जारी गर्दै र्व प्रधानमन्त्री एवं एउटा जिम्मेवार पार्टीका अध्यक्षप्रति यस प्रकारको अभिव्यक्ति अशोभनीय रहेको बताएका छन।
यस प्रकारको असभ्य स्टाटस पोष्ट नगर्न र फिर्ता लिन  चेतावनी दिदै नेकपा एमाले काठमाण्डौ महानगरले स्थानीय सरकारको सीमा नबुझि नयाँ सडक काठमाण्डौकोे सडक भत्काएर साँघुरो पार्ने काम प्रति जनताबाट भईरहेको विरोधको समर्थन समेत गरेको छ।
                                                                                          प्रेस विज्ञप्ती
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो फेसबुक पेजमा नेकपा  (एमाले)का अध्यक्ष एवं सम्माननीय पूर्व प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीप्रति अनर्गल कुराहरू उल्लेख गरी पोष्ट गर्नु भएको व्यहोराप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । काठमाण्डौ महानगरपालिकाको प्रमुख जस्तो ओहदामा बसी मुलुकका सम्माननीय पूर्व प्रधानमन्त्री एवं एउटा जिम्मेवार पार्टीका अध्यक्षप्रति यस प्रकारको अभिव्यक्ति अशोभनीय छ । बालेन्द्र शाहले पोष्ट गर्नु भएको उक्त पोष्ट भत्सर्ना योग्य छ । हामी उक्त स्टाटसको निन्दा र भत्सर्ना गर्दछौ । नेकपा (एमाले) राष्ट्रियताको रक्षा र मुलुकको सर्वाङ्गिण विकासको निम्ति सदैब क्रियाशिल रहदै आएको राष्ट्रिय शक्ति हो ।
नेकपा (एमाले) समृद्ध नेपाल र सुखी नेपाली बनाउने सुन्दर सपना बोकेर अगाडि बढेको छ । नेकपा (एमाले)को लोकप्रियतादेखि सबै प्रतिक्रियावादीहरूको टाउको दुखेको छ । नेपाली जनताको राष्ट्रिय गौरवको रूपमा रहेको राष्ट्रिय सम्पदा संघीय सरकार र स्थानीय सरकारको सीमा नबुझि नयाँ सडक काठमाण्डौकोे सडक भत्काएर साँघुरो पार्ने काम प्रति जनताबाट निरन्तर विरोध भई रहेको छ ।
नेपाल सरकारको जिम्मेवार निकाय सडक विभागले सडक साँघुरो नपार्न  गरेको कार्यसँग जोडेर नेकपा (एमाले)का नेताप्रति विषवमन गर्ने कार्यको जति निन्दा र भत्सर्ना गरे पनि पुग्दैन । काठमाण्डौका मेयर बालेन्द्र शाहलाई यस प्रकारको असभ्य स्टाटस पोष्ट नगर्न र फिर्ता लिन हामी चेतावनी दिन चाहन्छौ । व्यक्तिको चरित्र हत्या गर्ने गरी यस प्रकारको कार्य नरोके नेकपा (एमाले) काठमाण्डौ महानगरपालिका कमिटी चुप लागेर नबस्ने व्यहारो यसै प्रेस विज्ञप्ति मार्पmत अवगत गराउन चाहन्छौ ।
मिति : २०८१/०२/२२
गणेश श्रेष्ठ
अध्यक्ष
काठमाण्डौ महानगरपालिका कमिटी
तपाइँको प्रतिक्रिया ।