LEADS Nepal को आयोजनामा विद्यालय तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न

LEADS Nepal को आयोजनामा विद्यालय तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ १५।

LEADS ( Leaders for Education and Development Society) Nepal को आयोजनामा विद्यालय तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ।

LEADS का अध्यक्ष विष्णु चन्द्र अधिकारीको अध्यक्षता र बुढानिलकण्ठ नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८४ जना विद्यालय क्याप्टेन,भाइस क्याप्टेनहरुको सहभागिता रहेको थियो।

LEADS का सल्लाहकारहरु खेमराज घिमिरे,समिर बास्तोलाको उपस्थितिमा भएको सो कार्यक्रममा जेबी हमाल प्रशिक्षक रहेका थिए भने  उपाध्यक्ष गणेश कुमार मिश्रले स्वागत मन्तव्य राखेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको नेसनल युनाइटेड स्कुलमा भएको सो कार्यक्रमको संचालन सचिव रुपक लामिछानेले गरेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।