रिलायन्स साहित्य समाजको आयोजनामा “रिलायन्स घुम्ती काव्य सौरभ” सम्पन्न

रिलायन्स साहित्य समाजको आयोजनामा “रिलायन्स घुम्ती काव्य सौरभ” सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ १०।

रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत वि.सं. २०६६ सालमा स्थापित रिलायन्स साहित्य समाजले “रिलायन्स घुम्ती काव्य सौरभ” नामक साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ  ।  जेठ १० गते बिहिबार बुद्ध जयन्तीको सन्दर्भ पारेर समाजले “रिलायन्स घुम्ती काव्य सौरभ” को पहिलो गोष्ठि बु.न.पा–१० कपन मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा सम्पन्न भएको छ ।

रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गतका पाँच विद्यालयहरु तथा रिलायन्स कलेज समेत ६ वटा शिक्षणसंस्थामा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारी वर्ग लगायत रिलायन्सका सञ्चालक तथा व्यवस्थापकहरुको समूह भित्र त्रैमासिक रुपमा हरेक स्कुल तथा कलेजमा पालैपालो साहित्य गोष्ठि सञ्चालन गरी संस्थामा सेवारत सबै प्रतिभाहरु तथा साहित्यानुरागीहरुलाई साहित्य सृजना एवं अभिव्यक्तिका निम्ति हौसला दिँदै कृति रचना र प्रकाशनमा समेत अग्रसर गराउने उदेस्य रहेको  समाजले जानकारी दिएको छ।

रिलायन्स साहित्य समाजले विगत १५ वर्ष देखि अनौपचारिक रुपमा साहित्यिक समूह गठन गरी हरेक वर्ष उपत्यकाव्यापी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता (लक्ष्मी जयन्तीको सन्दर्भमा) आयोजना तथा बृहत् कवि गोष्ठि एवं स्रष्टा सम्मान कार्यक्रम समेत सञ्चालन गर्र्दै आएको हो ।

यस वर्षबाट समाजको गतिविधिलाई वार्षिक कार्यक्रममा मात्र सीमित नराखी त्रैमासिक रुपमा रिलायन्स शैक्षिक प्रतिष्ठान भित्र आन्तरिक घुम्ती काव्य सौरभ कार्यक्रम सञ्चालन गर्ने कार्य योजना बनाई आजबाट कार्यान्वयनमा ल्याएको हो । आज सम्पन्न रिलायन्स घुम्ती काव्य सौरभ कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानमा सबै स्कुल तथा कलेजबाट करिब सयजना साहित्यानुरागी स्रष्टा एवं दर्शक श्रोताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व यसै विद्यालयका सञ्चालक एवं संस्थापक प्रिन्सिपल  खेमलाल भुसालले गरेका थिए भने  प्रमुख अतिथिको वरिष्ठ पत्रकार, मानवअधिकारकर्मी एवं प्राध्यापक पुरुषोत्तम दाहाल रहेका थिए।

रिलायन्स इन्टरनेसनल एकेडेमीका इसिए कोअर्डिनेटर तथा काउन्सिलर श्रीधर प्रसाद पौडेलले   कार्यक्रममा  समाजका अध्यक्ष एवं रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाले राखेका थिए।

सो कार्यक्रममा  रिलायन्सका सञ्चालक अध्यक्ष एवं कलेज प्रिन्सिपल श्री रविन्द्र जंग थापा, प्रमुख अतिथि पुरुषोत्तम दाहाल, वरिष्ठ सञ्चालक राजुकुमार शिवाकोटी लगायतले  मन्तव्य राखेका थिए ।

कार्यक्रममा मन्तव्य राख्ने सबै विशिष्ट अतिथिहरुले रिलायन्स साहित्य समाजले साहित्य सृजना र अभिव्यक्तिमा नयाँ आयाम थप्दै “रिलायन्स घुम्ती काव्य सौरभ” जस्तो रचनात्मक कार्यक्रम गरी संस्थाभित्रका सबै साहित्यिक प्रतिभाहरु प्रति न्याय गरेको र तिनिहरुलाई उचित सम्मान र अवसर दिँदै साहित्य सृजना र अभिव्यक्तिमा हौसला दिएको भन्दै भविष्यमा यस्ता खाले कार्यक्रमको थप सफलता र विस्तारको शुभकामना दिएका थिए।

तपाइँको प्रतिक्रिया ।