विश्व शान्तिको कामना गर्दै जुगल नवगुरुकुलको शान्ति र्याली सम्पन्न

विश्व शान्तिको कामना गर्दै  जुगल नवगुरुकुलको शान्ति र्याली सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नवगुरुकुलले विश्व शान्तिको कामना गर्दै शान्ति र्यालीको आयोजना गरेको छ।२५६८ औ बुद्ध जयन्तिको अवसर पारेर सो विद्यालयले शान्ति र्यालीको आयोजना गरेको हो।

विभिन्न नारा अंकित प्ले कार्ड बोकेर सो विद्यालयका विद्यार्थीहरुले वडा नं १० सहित अन्य स्थानको परिकर्मा गर्दै उक्त शान्ति र्यालीमा सहभागिता जनाएका थिए।

विद्यालयका संचालक समिति अध्यक्ष , संचालक , प्रधानाध्यापक , शिक्षक ,विद्यार्थी तथा अभिभावक सहित समाजसेवीहरुको सहभागितामा विश्व शान्तिको कामना गर्दै र्याली गरिएको जानकारी दिदै प्रधानाध्यापक रुपक लामिछानेले सहभागी सबैलाई धन्यवाद समेत दिएका छन ।

तपाइँको प्रतिक्रिया ।