म रोएँ धर्धरी आमा : अचम

म रोएँ धर्धरी आमा : अचम

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ५ ।

म रोएँ धर्धरी आमा राष्ट्रघात बेइमानी देखेर
लाग्दैन देश यो उँभो भन्दैछु किमार्थ लेखेर

पोस्ने आफ्नै राष्ट्र लुछी भागबण्डा गरी
जताततै आफ्नाभन्दै मान्छे लुच्चा छानी भरी ।

कतै पनि सन्तोष गर्ने कुनै बाटो छैन
कानून् माथि नेता बसे भोगे सबै चैन ।

उद्योग धन्दा बेची खाए पद पैसा बाँडे
युगौँ देखि चलेको जो आत्मीयता फाँडे

तस्करीको जालो बढ्यो रोजगारी छैन
युवा पुस्ता विदेशमा स्वदेशमा छैन

उच्च शिक्षा लिने सम्म छैन बन्दोबस्त
लुट्ने ध्यान राष्ट्रको छ जनता सन्त्रस्त ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।