गजल : गंगा खड्का

गजल : गंगा खड्का

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ५ ।

निभ्न लागेको बत्ती झैँ बलेर गयौ
यो मनमा चोटको लेप दलेर गयौ

प्रेमको मूर्ति मानेर पुज्दै थिएँ
तिमी त नजरबाट ढलेर गयौ

गरेर मीठा बात सपनामा भुलाउँदै
निमेषभरमा तिमीले छलेर गयौ

स्वाभिमानको पाठ सिकाउने मान्छे नै
के बाध्यता प¥यो र हात मलेर गयौ

कलिको पाप कलिमै भोग्यौ कि कसो
आफूले झोसेकै आगामा जलेर गयौ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।