पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

कपन अनलाइन

काठमाण्डौ,बैशाख २३।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले पौडी पोखरी क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमकट्टेलले सो पूर्वाधारको शनिबार एक कार्यक्रमबीच सिलान्यास गरे । गौरीटार हाताभित्र उक्त पूर्वाधार बन्न लागेको हो ।
दस लेनको पौडी पोखरी २५ गुणा ५० मिटरको हुनेछ । सो पौडी पोखरी छेउमै २५ गुणा १० मिटरको प्रशिक्षणका लागि पनि पौडी पोखरी बन्ने छ । कुल लागत ६ करोड ९६ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका    छन् । पहिलो चरणमा २५ गुणा ५० मिटरको पुल बनाइने छ ।
क्रिकेट रंगशालाको लागत ७६ करोड रहेको बताइएको छ । पहिलो चरणमा मैदानसहित ६ सय जना अट्ने ब्लक बनाइने छ ।

तपाइँको प्रतिक्रिया ।