नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दव बिस्ट, को को बने पदाधिकारी ?

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दव बिस्ट, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं , बैशाख १७।

नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दव बिस्ट निर्वाचित भएका छन। गोकर्णेश्वर नगर कमिटीको दोश्रो अधिवेसनले बिस्टको नेतृत्वमा ५५ सदस्यीय  नगर कमिटी निर्वाचित गरेकाे छ।

सो अधिवेसनबाट नगर कमिटीको उपाध्यक्षमा द्वारिका श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा भानु पौडेल र उपसचिवमा वालकृष्ण श्रेष्ठ र कल्पना राजचल निर्वाचित बनेका छन।

काठमाण्डौ जिल्लाका ११ पालिका मध्य गोकर्णेश्वर नगर कमिटी अधिवेसन सम्पन्न गर्ने दोश्रो नगर कमिटी बनेको छ। यस अघि बुढानिलकण्ठ नगर कमिटीले अधिवेसन सम्पन्न गर्दै जिल्लामा अधिवेसन सम्पन्न गर्ने पहिलो नगर कमिटी बनेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।