छैटौं साहना प्रधान स्मृति महिला हक्की:गण्डकी र आर्मीको जित, सुदूरपश्चिम र मधेसको बराबरी

छैटौं साहना प्रधान स्मृति महिला हक्की:गण्डकी र आर्मीको जित, सुदूरपश्चिम र मधेसको बराबरी

कपन अनलाइन

काठमाडौं , बैशाख १७।

छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ ।
आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले १–१ गोलको बराबरी खेले ।
सुदूरपश्चिमका लागि खेलको १४औं मिनेटमा सन्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन ।
खेलको ३४औं मिनेटमा भुमिका कुमारीले मधेसका लागि गोल गर्दै टिमलाई बराबरीमा रोखिन ।
आज नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशले प्रदेशलाई ६–० गोल अन्तरले हराएको हो । गण्डकी  प्रदेशका लागि खेलको छैटौं मिनेटमा सीतामाया बलले गोल गर्दै टिमलाई अग्रता दिलाइन । खेलको ३६औं मिनेटमा गिता पुन मगरले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाइन ।
खेलको ३७औं मिनेटमा सीता माया पुनले गोल गर्दै गण्डकी टिमलाई ३–० गोलको अग्रता दिलाइन । खेलको ४५औं मिनेटमा ज्योति काफ्लेले गोल गण्डकीले ४–० गोलको अग्रता बनायो ।
ज्योतिले नै खेलको ५३औं मिनेटमा गोल गर्दा गण्डकीले ५–० गोलको अग्रता बनायो । खेलको ५४औं मिनेटमा ह्याट्रिक गर्दै गण्डकीलाई  ६–० गोलको जित दिलाइन ।
आज भएको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोल अन्त्तरले हराएको हो ।
सुदूरपश्चिमका लागि खेलको सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले दुई दुई गोल गरिन । त्यस्तै पुर्निमा उरा एक गोल गरिन ।
आइतबार भएको अन्तिम खेलमा आर्मी क्लबले बागमती क्लबलाई ९–० गोल अन्तरले हरायो। आर्मीका लागि  सरस्वती तामाङले चार गोल गरिन । त्यस्तै सिमा खड्काले दुई गोल गर्दा डम्मरा भट्ट र सुनिता नेगिले एक–एक गोल गरिन ।
प्रतियोगिता अन्तर्गत भोलि सोमबार चार खेलहरु हुनेछन् ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५  हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।