बुढानिलकण्ठ-१० बालुवाखानीमा “बिधान मेक अप स्टुडियो (बिएमएस)” संचालन हुने

बुढानिलकण्ठ-१० बालुवाखानीमा “बिधान मेक अप स्टुडियो (बिएमएस)” संचालन हुने

कपन अनलाइन

काठमाण्डौ,बैशाख १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०  बालुवाखानी, कपनको हरियोपुलबाट १०० मिटर अगाडि मेनरोडको नयाँ कमरसियल भवनमा “बिधान मेक अप स्टुडियो  (बिएमएस)” संचालन हुने भएको छ।

यहि साताको बैशाख १४ गते  शुक्रवारदेखि संचालनमा आउने सो “बिधान मेक अप स्टुडियो  (बिएमएस)” मा प्रीमियम श्रेणीमा सेवा उपलब्ध गराइने छ।

हेर्नुहोस भिडियो :

बिएमएसले सेवा संचालन गरे लगतै सबै किसिमका मेकअप, हेयर ट्रीटमेन्ट,फेसियल, मेनिक्युर, पेडिक्युर, हटव्याक्स, हेयरमसाज, ल्यासरनेलको सुबिधा दिने भएको छ।यस बाहेक ग्राहकको माग अनुरुप अन्य सुबिधा भविष्यमा थप्ने योजना बनाइएको छ।

बिएमएसमा ग्राहाकको सुबिधाको निम्ति खटिने कर्मचारी पनि प्रोफेसनल तालिम लिएर केही बर्ष व्यवसायिक अनुभव लिनुभएका महिला कर्मचारीरहने संचालक सुजिता गुरुङले जानकारी दिएकी छन।

बिधान मेक अप स्टुडियोले ग्राहकको सेवाको निम्ति कुनैकसर नछोड्ने दाबी गर्दै गुरुङले सो स्टुडियोमा सबै गुणस्तरीय प्रोडक्ट र सामानहरुको साथमा  एसिको सुबिधा पनि जडान गरिने बताएकी छन।

विगत ६ वर्षदेखि शृङ्गार क्षेत्रमा निरन्तर सेवा प्रदान गरिरहेकी  बिएमएस कि संचालक सुजिता गुरुङले  सो  व्यवसाय गर्ने सपना कहिले  आर्थिक अवस्था र कहिले व्यक्तिगत समस्याले पूरा हुन नसकेको बताउदै अबका दिनमा  झन जोशका साथ आफ्नो व्यवसाय र सेवाग्राहीको  हितलाई  ध्यानमा राखेर  स्टुडियो खोलेको बताएकी छन।

बिधान मेक अप स्टुडियोले सेवा प्रदानलाई मुख्य आधार  बनाएता पनि प्रोफेसनल शृंगार पटार सिक्न इच्छुकलाई तालिमको व्यवस्था पनि मिलाउने योजना रहेको सुनाउदै उनले आफ्नो सुरुवाती दिन सम्झदै धेरैठाउँ सिक्न भनेर गए तर धेरै तालिम दिने केन्द्रहरुले विद्यार्थीलाई गुणस्तर तालिम भन्दापनि कोर्स सक्काउने तिर मात्र ध्यान दिने गरेको अनुभव समेत सुनाएकी छन।

 

 

तपाइँको प्रतिक्रिया ।