कुराँश टोली भारत प्रस्थान

कुराँश टोली भारत प्रस्थान

कपन अनलाइन

काठमाण्डौ,बैशाख ६।

प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गरेको छ ।
अप्रिल १९ देखि २१ तारिखसम्म हुने प्रतियोगिताको सिनियर पुरुष ८१ केजीमुनि योगेनद्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेे छन् । महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षक तथा निर्णायकमा प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापकमा ग्याल्जेन शेर्पा छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।