नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले बुढानिलकण्ठको प्रशिक्षण

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले बुढानिलकण्ठको प्रशिक्षण

कपन अनलाइन

काठमाण्डौ,बैशाख ५।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई तिन दिने प्रशिक्षण प्रदान गरिएको छ।वडा नं ८ मा रहेको सुकुन्दा पार्टी प्यालेसमा आयोजना गरिएको तिन दिने प्रशिक्षणमा राजनीतिक र संगठनका विषयमा विभिन्न प्रशिक्षकहरुले तालिम प्रदान गरेका थिए।

सो तिन दिने प्रशिक्षणमा पोलिटब्युरो सदस्य आनन्द पोखरेलले नेकपा एमालेको १० औ महाधिवेसनले तय गरेको कार्यदिशाका वारेमा प्रशिक्षण प्रदान गरेका थिए भने केन्द्रीय सदस्य सरिता न्यौपानेले जबजका १४ विशेषताका वारेमा प्रशिक्षण दिएकी थिइन्।

पोलिटब्युरो सदस्य कृष्ण राईले जनताको बहुदलीय जनवादका शैदान्तिक पक्षका वारेमा प्रशिक्षण दिएको सो तालिममा  केन्द्रीय लेखा कमिटीका सचिव शिव अधिकारीले लेखा प्रणाली,व्यवस्थापन र लेखा कमिटीको वारेमा प्रस्ट पारेका थिए।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पार्टी निर्माण,परिचालन र मिसन-०८४ का वारेमा बृहत योजनाका वारेमा तालिम दिएको सो तिन दिने कार्यक्रममा केन्द्रीय स्कुल विभागकी सचिव पेम्बा लामाले मार्क्सवादको आधारभूत शिदान्तका बारेमा प्रशिक्षण प्रदान गरेकी छन।

 

 

तपाइँको प्रतिक्रिया ।