बन्दको क्रममा तोडफोडबाट क्षती

बन्दको क्रममा तोडफोडबाट क्षती

काठमाडौं, ३१ साउन

    नेकपा–माओवादी (बैद्य पक्ष) लगायत ३३ राजनैतिक दलद्धारा संबिधान मस्यौदाका विभिन्न बिषयको बिरोधमा आव्हान गरिएको नेपाल बन्दको क्रममा आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोड लगायत हिंसात्मक गतिविधि गर्ने ११७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट ९८ जना, ललितपुरबाट ८ जना, कास्कीबाट ३ जना, मोरङ्गबाट ३ जना, झापाबाट १ जना र मकवानपुरबाट ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

AR-KTM-Banda-4
काठमाडौं : बन्दकर्ताहरुले आइतबार काठमाडौं कोटेश्वरमा बा १ ज ७१९६ नंबरको ट्याक्सी तोडफोड गरी क्षती पु¥याएका छन् । यसैगरी बन्दकर्ताहरुले काठमाडौं–३५ तीनकुने गणेशमन्दिर नजिक भक्तपुर­रत्नपार्क चल्ने बा.२ ख.३६४४ नंबरको बसको अगाडीको शिशा तोडफोड गरेका छन् । बन्दकर्ताले धापासी हाईटमा ढुंगा प्रहार गरी बा १ ख ८८४५ नंबरको माईक्रोबसको र एयरपोर्ट गेट अगाडी बा १ ख ५६०२ नंबरको बसको शिशा फुटाएका छन् ।
पर्सा : यसैगरी बन्दकर्ताहरुले विरगंज उपमहानगरपालिका–१६ स्थित सुख्खा बन्दरगाह(भन्सार) कार्यालयको बा १ ग २२६० नंबरको मिनि बसको शिशा तोडफोड गरी क्षती पुर्यारएका छन् ।
  मोरङ्ग : बिराटनगर–१४ स्थित बुधहाट चोकमा सिआरभि घोगापुलको ना १ झ ८६२ नंबरको पिकअप गाडीको अगाडीको शिशा तोडफोड भएको छ । तोडफोडमा संलग्न बिराटनगर­१७ बस्ने ३६ बर्षीय अजय मिश्र लगायत २ जना संघिय समाजबादी फोरम नेपालको कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली : दुर्गौली­ ३ स्थित धनगढीबाट टिकापुरतर्फ जादै गरेको से.१ च.६८३ नंबरको खप्तड डेरीको गाडीमा बन्दकर्ताहरुले ढुंगा प्रहार गर्दा गाडीको अगाडीको शिशा र साईड लाईट फुटी क्षती भएको छ ।
झापा : बन्दकै क्रममा भद्रपुर नगरपालिका­१४ स्थित पेट्रोल पम्प छेउँमा बिर्तामोडबाट कोईला लिई भद्रपुरतर्फ जाँदै गरेको ना २ ख ८३६१ नंबरको ट्रकलाई २ जना अपरिचित ब्यक्तिले ढुङ्गा प्रहार गरी अगाडीको सिसा फुटाई फरार भएका छन् । साथै मोरंग टंकी­४ स्थित गङ्गा चोकमा संघिय समाजबादी फोरमका भातृ संगठन समाजबादी बिद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर : बन्दको क्रममा ढुंगा प्रहारबाट मकवानपुर हेटौडा उपनगरपालिका–१० स्थित राजमार्गमा बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ६६६४, ना ४ ख ४८८७ र ना २ ख १२७९ नंबरको ट्रकमा र सोही स्थान स्थित राम मन्दिरमा रोकी राखेको ना ३ ख ६५४८ नंबर र HR 55 T0 524 नंबरको ट्रक समेत ५ वटा ट्रकको शिशा फुटेको छ । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके : कोहलपुर नगरपालिका­१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जादै गरेको ना २ च १३१७ नंबरको नागरीक दैनिक पत्रिकाको जिपलाई बन्दकर्ताहरुले ढुङ्गा प्रहार गर्दा अगाडीको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षती भएको छ ।
नेपाल प्रहरीले बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन देशभर व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।