बुढानिलकण्ठ नगरपालिकामा विश्व पानी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिकामा विश्व पानी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं,चैत ९।

बुढानिलकण्ठ नगरपालिकामा विश्व पानी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा २ मा केन्द्रिय कार्यालय रहेको धोवीढुंगा सरसफाई तथा खानेपानी उपभोक्ता समितिको आयोजनामा भएको सो कार्यक्रममा  नगरपालिकामा खानेपानी व्यवस्थापनका चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल , वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ , पानी बिज्ञ लक्ष्मण रायमाझी र अन्नपुर्ण बराल लगायतले मन्तव्य राखेका थिए।

धोवीढुंगा सरसफाई तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न खानेपानी उपभोक्ता समितीहरुला पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।