प्रिन्सटन एकेडेमीमा कक्षा १० मा अध्ययरत विद्यार्थीहरुको विदाई

प्रिन्सटन एकेडेमीमा कक्षा १० मा अध्ययरत विद्यार्थीहरुको विदाई

कपन अनलाइन
काठमाडौं,चैत ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको प्रिन्सटन एकेडेमीमा कक्षा १० मा अध्ययरत विद्यार्थीहरुको विदाई गरिएको छ। SEE परिक्षामा सामेल हुन् लागेका कक्षा १० का विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरु विदाई गरेका छन।

विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा चैत १५ गते देखि सुरु हुने SEE परिक्षामा सामेल हुन् लागेका विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै प्रिन्सिपल सुदिप काफ्लेले उच्चतम अङ्क ल्याई आफु र विद्यालयकाे नाम उच्च राख्न समेत अनुरोध गरेका थिए।

कार्यक्रममा बोल्दै कक्षा ९ मा अध्ययनरत आकाश शाहले अग्रजहरुलाई परिक्षामा सफलताको शुभकामना व्यक्त गर्दै अनुभवहरु समेत साटेका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै कक्षा १० का नेशनल पाैडलले कार्यक्रमका आयोजक कक्षा ९ का विद्यार्थीहरुलाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा विद्यालयको नाम उच्च राख्न मेहेनत गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।