लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, चैत ५।

लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशन पोखरामा सम्पन्न भएको छ।

शनिवार पोखरास्थित सभागृहमा सम्पन्न परिषद बैठक तथा अधिवेशनले लायन वर्ष २०२४/२५ को लागि जिल्ला नेतृत्वमा लियो क्लब अफ काठमाडौं उपकारका पूर्व अध्यक्ष लियो सबिन भट्टराई तथा उपाध्यक्षमा लियो क्लब अफ गोरखाका पूर्व अध्यक्ष लियो बालकृष्ण परियारलाई निर्वाचित गरेको छ।

करिब ३२ विभिन्न क्लबबाट उपस्थित १५० भन्दा धेरै लियो सहभागीका बिचमा भएको अधिवेशन भव्य रुपमा सफल भएको र आगामी बर्षको नेतृत्व सफलताका साथ छान्न सफल भएको जिल्ला प्रवक्ता लियो सुदिप राज फुयालले जानकारी गराएका छन।

निर्वाचित अध्यक्ष, उपाध्यक्षका साथै जिल्ला सचिवमा लियो क्लब अफ काठमाडौं मिलनका निवर्तमान अध्यक्ष लियो आशिष थापा र जिल्ला कोषाध्यक्षमा लियो क्लब अफ चौतारी पोखराका निवर्तमान अध्यक्ष लियो लिला बल्लभ अर्याल साथै अन्य विभिन्न पदाधिकारी मनोनित भएको र बाकी रहेका अन्य पदाधिकारीहरु आगामी लायन वर्षको सुरुवात अगाबै मनोनयन गरिसकिने समेत प्रवक्ता फुयालले जानकारी गराएका छन।

तपाइँको प्रतिक्रिया ।