फूलबारी : सन्तोष विक (कविता )

फूलबारी : सन्तोष विक (कविता )

कपन अनलाइन
काठमाडौं, फागुन २६।

फुल्छन् धेरै फूलहरू फूलबारी भित्र
पुतली र माहुरीको बनाउँदै मित्र ।

राता सेता रङ्गीचङ्गी फुल्छन् फूलहरू
हामी पनि फूलजस्तै बन्नुपर्छ बरु ।

फूलबारीलाई सजाउने हामी आफैँ माली
धेरै फूल रोप्ने गरौँ हामी यसपालि ।

धेरै धेरै माहुरीहरू फूलमा बस्छ आउँछन्
धेरै बेर फुलमा बसी फूलको रस खान्छन् ।

माहुरीले उडी आई रस चुसी जान्छन्
आफ्ना बालबच्चालाई सर बोकी लान्छन् ।

फूलै फूलको भण्डारमा डुल्यो मेरो मन
त्यही फूलमा रौसिएर बस्यो मेरो मन ।

मलाई पनि फूलको रस चाख्न मन लाग्यो
राम्रो राम्रो फूलबारीमा डुल्न मन लाग्यो ।

फूलबारीले बढाउँछ हाम्रो सौन्दर्यलाई
मन्दिर जस्तै माया गरौँ आफ्नो बगैँचालाई ।

फूलले नै दिन्छ रस बिरुवाले शीतल
फूलबारी झैँ सजिएको सुन्दर बनोस् नेपाल ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।