विद्यार्थीको नजरमा विद्यालय : मेरो दोस्रो घर “भ्याली पब्लिक माध्यमिक विद्यालय”

विद्यार्थीको नजरमा विद्यालय : मेरो दोस्रो घर “भ्याली पब्लिक माध्यमिक विद्यालय”

कपन अनलाइन

काठमाडौं, फागुन २२ /अनुष्का शिवाकोटी

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ , सुन्दरबस्तीमा अवस्थित रहेको छ मेरो सुन्दर विद्यालय भ्याली पब्लिक। सुन्दरबस्ती बङ्गालको फाँटमा स्थित भ्याली पब्लिकले हजारौ विद्यार्थीहरूरूको भविष्य उज्वल बनाइरहेको छ।

तिस  वर्षअघि  विसं २०५० सालमा स्याङ्जाका निवासी कृष्णप्रसाद अधिकारीले स्थापना गरेको यो विद्यालयलाई आज नचिन्ने को होला र ? शैक्षिक प्रदर्शनीहरू जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर स्थानीयहरूको माया र प्रसंसा पाइरहेको  यो विद्यालय विशेषगरी खेलकुद ‘बास्केटबल ‘ को क्षेत्रमा निकै प्रसिद्ध छ ।

सुन्दर बस्तीको शान्त र रमणीय वातावरणमा सञ्चालित यो विद्यालय गुणस्तरीय शिक्षाको लागि पनि प्रसिद्ध रहेको छ। मेरो यस विद्यालयमा मेरा विद्यार्थी मित्रहरू पढाइ सँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय रहनुपर्छ भन्ने कुरामा विश्वास गर्दछन् त्यसैले यहाँ वक्तित्व कला , कविता लेखन , कथा लेखन जस्ता अतिरिक्त प्रतियोगिताहरू भइरहन्छन् ।

यहाँ विद्यार्थीहरूको स्वास्थ्य चेकजाँच , कक्षा तथा हाउसबोर्ड डेकोरेसन आदि जस्ता कार्यक्रमहरू तथा क्रियाकलापहरू भइरहने गर्दछन् ।अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकता दिई शैक्षिक गुणस्तरलाई वृद्धि गर्नका लागि हाम्रो विद्यालयले डिजी स्कुल , क्याम्ब्रिज विश्वविद्यालय ,काठमाडौँ विश्वविद्यालय आदि जस्ता शैक्षिक संस्थाहरूसँग सम्झौतामा यस्ता विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिरहेको छ।

यसैगरी हाम्रो यस विद्यालयको प्रधानाध्यापक तथा संस्थापक कृष्णप्रसाद अधिकारी ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङ, सह प्रधानाध्यापक सुशील वाग्ले , प्रशासनिक प्रमुख महेश अधिकारी ,  आदि व्यक्तित्वको निर्देशनमा सञ्चालित हाम्रो यस विद्यालय अझै प्रगतिको बाटोमा लम्किँदैछ।

(अनुष्का शिवाकोटी भ्याली पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।