आर्मी र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी राष्ट्रिय महिला हक्कीको उपाधिनजिक

आर्मी र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी राष्ट्रिय महिला हक्कीको उपाधिनजिक

कपन अनलाइन

काठमाडौं, फागुन १९।

नेपाल आर्मी र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
जनकपुरमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६–० गोलले पराजित ग¥यो । सीतामाया बलले ह्याट्रिक गरिन् भने ‘प्लेयर अफ द म्याच’ सिमा खड्का, मनीषा राणा र कमला चन्दले समान १–१ गोल थपे ।
दोश्रो सेमिफाइनलमा आयोजक एकेडेमीले सुदूरपश्चिमलाई ४–३ गोलले हरायो । एकेडेमीका शोभा शर्माले २ तथा मधु राई र सुनिता नेगीले समान १–१ गोल गरे । सुदूरपश्चिमका गंगा भट्टले २ तथा नमिता एसकेले १ गोल गरे । एकेडेमीकी सपना सिंह ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
लुम्बिनी र सुदूरपश्चिमले शनिबार तेश्रो स्थानका लागि खेल्ने छन् । आर्मी र एकेडेमीबीचको उपाधि भिडन्त आइतबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।