सहिद : शान्ता तिम्सिना (लघुकथा)
कपन अनलाइन
काठमाडौं, फागुन १९।
अघिल्लो क्रान्तिमा बाबा र दाजु गुमाएको ऊ, यस पटक युद्धमा आफै होमिएको थियो । देश र जनताको लागि मर्न र मार्न तयार थियो ऊ ।
मोर्चा सम्हाल्दै गर्दा उसले धेरै दुश्मनहरूलाई हताहत बनायो तर एउटा गोलिले उसको जीवन समाप्त पारिदियो ।
‘यस्तै हुन्छ भन्ने जान्दाजान्दै पनि आमाहरूले छोराहरूलाई युद्धमा नपठाउनु पर्ने ! अब कसरी मन बुझाउलान् ? यी बुढी आमाको छोरा पनि परेछ्न् नि !’ भिडबाट आवाज सुनियो ।
‘हरेक आमाहरूले यस्तै सोच्ने हो भने, क्रान्ति कहिल्यै सफल हुँदैन। कोही नलडि र केहि नमरी क्रान्तिको युद्ध जित्न सकिँदैन । ‘आमाको दरिलो आवाजले सबैको शिर निहुरियो ।
उनले गर्व गर्दै भनिन् –‘आज मेरो छोरा सहिद भएको छ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।