गीत : प्रीती कौर
कपन अनलाइन
काठमाडौं, फागुन १९।
आज मेरो साथी छुटेको छ
त्यसैले होला मन दुखेको छ
आज मेरो साथी छुटेको छ
समय न त हो एकैनास हुदैन
मन न त हो सबैको लागि रुदैन
पूरा हुन नपाउदै सपना टुटेको छ
त्यसैले होला मन दुखेको छ
हाल बेहाल सोध्ने कुनै ठाँउ छैन
उडेर नै पुग्ने उसको गाउँ छैन
सम्बन्धको कम्जोर धागो चुटेको छ
त्यसैले होला मन दुखेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।