विद्यार्थीको नजरमा विद्यालय : हाम्रो प्यारो हिमालय बोर्डिङ स्कुल,बुढानिलकण्ठ-३
कपन अनलाइन
काठमाडौं, फागुन १७/ विनिशा भण्डारी
हिमालय बोर्डिङ स्कुलको स्थापना विक्रम सम्वत् २०६२ चैत २० गते एक निजी शैक्षिक संस्थाको रूपमा भएको थियो।
यो विद्यालयले प्ले ग्रुपदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दछ। यो विद्यालय कुनै पनि क्षेत्रको व्यवस्थापकीय क्षेत्रका लागि सक्षम , गतिशील र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापित भएको थियो।
प्रदूषित वातावरणबाट टाढा रहेको बुढानीलकण्ठ मन्दिर नजिकैको शिवपुरी पहाडको काखमा रहेको यस विद्यालय एक अङ्ग्रेजी माध्यममा पठन पाठन हुने विद्यालय हो। यो विद्यालयको विद्यालय व्यवस्थापन समिति बालबालिकाहरूको बहुआयामिक विकासमा केन्द्रित छ।अनुभवी,उत्प्रेरित र मेहनती विद्यार्थीहरू रहेको यस विद्यालयका प्रधानाध्यापकको नाम खेमराज घिमिरे हो साथै यस विद्यालय निर्माणमा सहप्रधानाध्यापक श्यामकाजी श्रेष्ठ सक्रिय रहेका छन।
हाम्रो विद्यालयले शिक्षाको जाल भएको संसारमा विद्यार्थीहरूको रचनात्मक सीप र शिक्षाविदहरू कार्यान्वयन गर्नका लागि उत्तम आधार प्रदान गर्दै आएको छ। यस विद्यालयमा यिनै रचनात्मक सीप भएका विद्यार्थीहरूको सङ्ख्या करिब झन्डै ८०० पुगिसकेको छ।
आफ्नो अमूल्य समय यस विद्यालयमा सुम्पिएर यस विद्यालयको सेवामा समर्पित भएका अनुभवी शिक्षकहरूरहेको यस विद्यालयमा आफ्नो क्षमता सीप र रचनात्मकता पस्किएर आफ्नो जीवनलाई सफल बनाउन र पढाइलाई निरन्तरता दिन धेरै विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्दै यहाँबाट बिदा भएका छन।
विद्यार्थीहरूलाई विभिन्न विषयहरूसँग रुचि विकास गर्न स्कुलसँग पुस्तकालय छभने यहाँ विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु हुन्छन्।
त्यसैगरी यस विद्यालयमा एक सभागृह छ जहाँ सबै प्रकारका अतिरिक्त शैक्षिक कार्यक्रम र अतिरिक्त पाठ्यक्रम गतिविधिहरू सहज रूपमा सञ्चालन गर्न सकिन्छ।
यहाँ कला ,सार्वजनिक भाषण , संगीत नित्य आयन ध्यान|कविता आदि अभिनय गराउने व्यवस्था रहेको छ । विक्रम सम्वत २००६ साल चैत २० गते स्थापन भएको यो विद्यालय हाल पनि एक सर्वश्रेष्ठ विद्यालयको रूपमा परिचित हुन सफल छ।
(यस शृंखलामा विद्यालयका विद्यार्थीहरुको नजरमा विद्यालयका गतिविधि प्रस्तुत गरिनेछ। विनिशा भण्डारी हिमालयन बोर्डिङ्ग स्कुलमा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )