विद्यार्थीको नजरमा विद्यालय: हामीलाई प्यारो लाग्छ लिटिल मुन इंगलिस एकेडेमी,बुनपा-२

विद्यार्थीको नजरमा विद्यालय: हामीलाई प्यारो लाग्छ लिटिल मुन इंगलिस एकेडेमी,बुनपा-२

कपन अनलाइन

काठमाडौं, फागुन १७ /लक्ष्मी पुरी

बुढानीलकण्ठ नगरपालिका वडा नं २ भङ्गालमा लिटिल मुन इंगलिस  एकेडेमी रहेको छ।

यस विद्यालयको संस्थापकको नाम निर्मला लामिछाने भने विद्यालयको प्रधानाध्यापकको नाम कृष्ण प्रसाद लामिछाने हो। हाम्रो  विद्यालयको स्थापना विसं २०६६ सालमा भएको हो।

हाम्रो  विद्यालयमा बालबालिकाहरूको लागि विभिन्न प्रकारका सेवा सुविधाहरु उपलब्ध रहेका छन् । यस विद्यालयमा हरेक हप्ताको मङ्गलबार र शुक्रबार विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु हुने गर्दछ जसमा हरेक कक्षाका विद्यार्थीहरुलाई सहभागी हुने अवसर प्रदान गरिन्छ।

यहाँ सञ्चालन हुने विभिन्न प्रकारका चेतनामूलक कार्यक्रममा समेत बालबालिकाहरूलाई   सरसफाई , कविता लेखन , कथा लेखन , भित्ते पत्रिका प्रकाशन आदि गतिविधिमा  सहभागी गराइन्छ।  यहाँ स्काउट र तेक्वान्डो खेल्ने बालबालिकाहरूको लागि स्काउट र क्वान्दोको राम्रो व्यवस्था रहेको छ ।

(यस शृंखलामा विद्यालयका विद्यार्थीहरुको नजरमा विद्यालयका गतिविधि प्रस्तुत गरिनेछ।लक्ष्मी पुरी लिटिल सुन अंग्रेजी एकेडेमीमा  अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन्)

तपाइँको प्रतिक्रिया ।