तिन जनाको प्रारम्भिक छनौट,को बन्ला बुढानिलकण्ठ नगर अस्पतालको निर्देशक?

तिन जनाको प्रारम्भिक छनौट,को बन्ला बुढानिलकण्ठ नगर अस्पतालको निर्देशक?
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।

बुढानिलकण्ठ नगर अस्पतालको निर्देशक पदका लागि तिन जनाको प्रारम्भिक छनौट गरिएको छ।

नगरपालिकाले सुचना जारी गर्दै प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुको फागुन १६ गते अन्तर्वार्ता हुने जानकारी दिएको छ।

बुढानिलकण्ठ नगर अस्पतालको निर्देशक पदका लागि योगेश बज्राचार्य ,सुधांशु झा र अनुस्मृति पाल प्रारम्भिक छनौटमा परेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।