चुनिखेलमा “बुढानीलकण्ठ साहित्यिक/सांस्कृतिक महोत्सव” सुरु, दिनभर चल्ने

चुनिखेलमा “बुढानीलकण्ठ साहित्यिक/सांस्कृतिक महोत्सव” सुरु, दिनभर चल्ने
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
बुढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा  ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ सुरु भएको छ।
बुढानीलकण्ठको आयोजनामा यआज र भोलि हुने  दुई दिने महोत्सवमा विभिन्न विषयहरुमा बहसका साथै अन्तरक्रिया हुनेछ।
महोत्सवको उदघाटनमा अहिले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको छ भने जनप्रतिनिधिहरुको सांस्कृतिक प्रस्तुति पनि हुनेछ।
वडा नं १३ कार्यालयको प्रांगणमा भैरहेको महोत्सवमा राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रिया हुनेछ ।
तपाइँको प्रतिक्रिया ।