दिगो विकास लक्ष्य प्राप्तिमा युवा सहभागिता
संयुतm राष्ट्रसघंले सन् २००० मा विश्वका बिभिन्न क्षेत्रमा रहेका आम मानिसको गरिबी, भोक, रोग, अशिक्षालाई अन्त्य गर्न सहस्राब्दि विकास लक्ष्यको रुपमा ८ वटा लक्ष्यहरु निर्धारण गरेको थियो । त्यसमा विश्वव्यापीरुपमा बढेको प्रदूषणलाई नियन्त्रण गरि वातावरणीय सन्तुलन कायम गराउने देखि विकासमा विश्वव्यपी सहकार्य गरेर अगाडी बढ्ने सम्मका विषयवस्तु समावेस गरिएका थिए । ति लक्ष्यहरूमा उल्लेख गरिएका सूचकहरूको प्राप्ति सन् २०१५ सम्म गरिसक्ने भनिएकोले थियो ।
आज यस लेखमा उठाउन खोजिएको विषय विश्वले सन २०१६ देखि २०३० सम्मको लागि तय गरेको दिगो विकास लक्ष्य प्राप्तिमा नेपाल र नेपाली युवाहरूको सहभागिता र परिचालनबारे हो । दिगो विकास भन्नाले प्राकृतिक स्रोत र पर्यावरणलाई सुरक्षित राखी अनन्तकाल सम्म सम्पूर्ण मानिसको जीवनमा सम्बृद्धि र खुशि सुनिश्चित गर्ने कार्यलाई बुझिन्छ । यि दुबै पक्ष बीचको सन्तुलन नै दिगो विकासको प्रमुख आधारशिला हुने गर्दछ ।
सन २०१६ वाट २०३० सम्म को लागि १७ वटा लक्ष्य सहित “दिगो विकास लक्ष्य” सार्वजनिक भई उच्च बहसमा रहेको छ । यसमा पहिलो र दोस्रो लक्ष्यकोरुपमा गरिबी र भोकलाई अन्त्य गर्ने उल्लेख गरिएको छ । तेर्सो र चौथो लक्ष्यकोरुपमा गुणस्तरिय स्वास्थ्य र शिक्षाको सुनिश्चित गर्ने उल्लेख छ । त्यसै गरि पाचौ र छैटौमा लैगिंक समानता र सफा पानी र सरसफाइलाई सबैको पहुँचमा पुर्याउने उल्लेख छ । सातौं र आठौमा सबैकोलागि पर्याप्त र दिगो उर्जाको व्यवस्था र सम्मानित कामको सुनिश्चित गर्ने उल्लेख छ । नवौमा सबैले फाइदा लीन सक्ने प्रबिधीको विकास र व्यवस्था गर्ने भनिएको छ । त्यसै गरि दशौ र एघारमा असमानतालाई हटाई, सुरक्षित सहर र समुदायको व्यवस्था गर्ने उल्लेख गरिएको छ । बाह्रौमा जिम्मेवार उपभोग बारे उल्लेख छ । तेह्रौ र चौधमा पृथ्वि रक्षाकोलागि वनस्पतिहरुको संरक्षण गरि जलवायु परिवर्तनलाई घटाउने र जलमा रहने जीवजन्तुको संरक्षण गर्ने उल्लेख छ । त्यसै गरि पन्ध्रमा जमिनमा रहने जिवहरुको रक्षा सुनिश्चित गर्ने उल्लेख छ । सोह्रमा शान्तिपूर्ण जीवन र सत्रमा लक्ष्य प्राप्तिकोलागि प्रणालिगत सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । दिगो विकास खास गरि मानवीय क्रियाकलाप र प्रकृति बीचको सन्तुलनसँग जोडिन्छ ।
सन २०१५ को मध्य सम्ममा विश्वको कुल जनसङ्ख्यामा २५ वर्ष मुनिको जनसङ्ख्या ५० प्रतिशत रहेको अनुमान संयुतm राष्ट्रसघंको जनसङ्ख्या विभागले गरेको छ । नेपालमा सन २०११ को जनगणनालाई आधार मान्दा सन २०१५ को मध्य सम्ममा २५ वर्ष मुनिको जनसङ्ख्या ५० प्रतिशत भन्दा अति धेरै रहेको छ । नेपालको हालको जनसङ्ख्याको संरचनालाई सहि तरिकाले उपयोग गर्न सक्दा राज्यले विकासमा फड्को मार्न सक्ने उल्लेख जनसङ्ख्या विदहरुले गरेका छन । यसको प्रमुख कारण हाल नेपालमा युवा जनसङ्ख्या अत्याधिक मात्रामा रहेको छ । तर यो अवस्था आगामी ३०।३५ वर्षकोलागि मात्रै रहने निश्चित भैसकेको छ ।
यसमा नेपालको वार्षिक जनसङ्ख्या बृद्धि दर १.४ प्रतिशत प्रतिवर्षमा झरेको सन २०११ को जनगणनाले उल्लेख गरेको छ भने प्रति महिला कुल प्रजनन् दर २.४ मा रहेको संयुतm राष्ट्रसघंको जनसङ्ख्या विभागबाट प्रकाशित हुने विश्व जनसङ्ख्या तालिका २०१५ मा उल्लेख गरिएको छ । यसको अर्थ हाल नेपालमा १५ देखि ४९ वर्षको प्रजनन उमेरमा रहेका प्रति १० जना महिलाले आफ्नो प्रजनन् अवधिभरमा जम्मा २४ जना सन्तान जन्माउदछन भन्ने हो । त्यसले गर्दा नेपालमा भावि दिनमा प्राकृतिकरुपमा जनसङ्ख्या बृद्धिको समस्या रहदैन । साथै हाल रहेको युवा जनशतिmलाई समयमानै राष्ट्र विकासमा लगाउन नसक्ने हो भने हाम्रो विकास अरु कोहि आएर गरिदिनेवाला छैन भन्ने पनि हो ।
हाम्रो देशको लामो समयको राजनितीक अस्थिरताले युवाहरु विदेश पलायन भईरहेका छन । उनीहरूको पसिना अरूको विकासको लागि बगेको छ । जसकोलागि तलको सामान्य वारम्वारतालाइ नियालौं ।
चित्र न. १ वार्षिकरुपमा नेपालीहरूको बिदेशिने सङ्ख्या (सन १९९३।९४ देखि २०१३।१४)
माथिको चित्रमा हामिले सरल रुपमा देख्न सक्ने विषय भनेको सन १९९३।९४ मा नेपालबाट विदेश काम गर्न जानेहरुको सङ्ख्या मात्र ३६०० को हाराहारी थियो । तर सन २०१३।१४ मा आई पुग्दा प्रतिवर्ष ५ लाख २१ हजार भन्दा धेरै सङ्ख्या विदेश काम गर्न जान्छन भन्ने हो । तर यो २० वर्ष अवधिमा हामिले गरेको प्रगति भनेको राज्यलाई अस्थिर बनाएर हाम्रा युवालाई अरूको भूमिमा पसिना बगाउन जान बाध्य पार्यौ । हाम्रो देश वाट प्रति दिन झण्डै २००० युवा विदेश पलायन हुने र विदेशबाट दैनिक ३ देखि ४ वटा नेपाली दाजुभाईका लाश नेपालमा फर्कने स्थितिको सृजना गर्यौ । अझ भनौ निर्दोश ३।४ जना बाबु आमाले जिविकोपार्जनकोलागि आफ्ना सन्तानलाई बिदेश पठाएर देनिक आफ्ना काखहरु रित्ता बनाउन बाध्य पार्यौ । त्यस्तै दैनिक ३।४ जना निर्दाेश श्रीमतीहरूको सिउँदोको सिदुर अरुको विकासको लागि पुछ्न वाध्य पार्यौ । साथै दैनिक ८।९ जना नाबालकहरूको सहज रूपमा बाच्न पाउने, पढ्न पाउने अधिकारलाई खोस्यौ । त्यसैले सहश्राब्दि लक्ष्यको प्राप्तिमा हामि माइनस रह्यौ ।
अव पनि विभिन्न बहनामा हामिले हाम्रा युवालाई हाम्रो विकासमा विश्वले लिएको आगामि १५ वर्षको दिगो विकास लक्ष्य प्राप्तिमा परिचालन गर्न गराउन सकेनौ भने हाल देश हाक्न र विशिष्ट पदहरूमा आफूलाई पुर्याउन तम्सिने राजनितिक नेताहरुलाई ति निर्दोश बृद्ध आमा बुवा, निर्दोश नालावालाको आशुले मरेपछि पनि छोड्ने छैन । तसर्थ विश्वले आगामि १५ वर्षकोलागि तय गरेका दिगो विकासका १७ वटा लक्ष्यका प्रत्येक सुचकहरुमा गम्भिरताका साथ अध्ययन गरि हाम्रा युवाहरूलाई हाम्रै देशको विकासमा परिचालन गर्नु पर्छ भन्ने सन्देश आजको अन्तरराष्ट्रिय युवा दिवशले दिनु पर्दछ ।
दिगो विकास लक्ष्य प्राप्तिकोलागि नेपालमा बढिरहेको चरम गरिबीलाई नियन्त्रण गर्ने गरि भोक, रोग, शिक्षा, स्वास्थ्य, वास र रोजगारी जस्ता मानविय आवश्यकताका क्षेत्रहरुमा उचित लगानी गर्नु आवश्यक छ । यि मानविय आवश्यकताका क्षेत्रमा लगानी गर्दा हाम्रो वातावरणलाई सन्तुलनमा राख्ने विषयको पनि ख्याल गर्नु पर्दछ । तर पृथ्विमा उपलब्ध निशुल्क उपहारको ८० प्रतिशत भन्दा बढि उपभोग र उत्पादनमा विश्वका २० प्रतिशत भन्दा कम मानिसहरुले कब्जा गरिरहेका छन भने २० प्रतिशत भन्दा कम स्रोतमा ८० प्रतिशत भन्दा बढि मानिस जीवन निर्वाह गर्न बाध्य छन । गरिबहरु चरम गरिबीको साथमा अकल्पनिय रोग, भोकका साथ कष्टकर जीवन बिताइरहेका छन उनीहरूसँग अभाव मात्रै छ । धनीहरू पृथ्वी माथिको शोषणमा अस्वास्थ्य प्रतिशपर्धाले मरुभुमिकरण, जलवायु परिवर्तन जस्ता समस्या असोचनियरुपमा देखा परिरहेका छन । यदि वर्तमानकै अवस्था कायम राखेको खण्डमा भविष्यमा ति समस्याले अति जटिल रुप लिने निश्चित छ । साथै जनसङ्ख्या बृद्धि सगै बढेको पृथ्विको शोषणले जीवहरूको जीवन संकटमा पर्ने क्रम तिब्र बनेको छ । यि सम्पुर्ण गतिबिधिवाट पृथ्विमा तपक्रम बढाउन सहयोग मिलेको छ । मानिसको चरम विलाशी प्रबृति र अस्वस्थ्य प्रतिशपर्धाले अनियन्त्रितरुपमा प्रदुषण बढेको छ । उतm प्रदुषणले गर्दा अम्ल बर्षा, हरित गृह प्रभाव, ओजन तहको विनास, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन जस्ता समस्याको सामना पृथ्वि र यसमा जीवन र्निवाह गर्ने सम्पुर्णले गर्नु परेको छ । यि समस्याहरूको बृद्धिले मानिस र प्रकृतिक वातावरण बीच असन्तुलन बढाउने प्रमुख सहयोग गर्दछ । त्यस्ता समस्याहरुको बृद्धि गराउने काम मानिसका अस्वस्थ प्रतिस्पर्धाले नै गरेको छ । ति समस्याहरूलाई समयमा नै बिचार गरि प्रयाप्त लगानीका साथ उचित व्यवस्थापन गरिएन भने भविष्यमा सबै भन्दा बढि क्षतिको सामना मानवले नै गर्नुे पर्ने हुन्छ ।
उचित योजना सहितको लगानीले उचित फल दिन्छ । यदि हामीले हाम्रा भावी सन्ततिको सहज जीवन पद्धति बारे सोचिरहेका छौ भने पृथ्वीलाई सुरक्षित गर्ने गरि समाजमा रहेको गरिबी र असमानतालाई समाप्त पार्न लगानि गर्न ढिला नगरौ । त्यसैले अबको लगानी वातावरणलाई सन्तुलित बनाइ राख्नका लागि हुनु पर्दछ । पृथ्वीलाई बचाउनका लागि हुनु पर्दछ । समाजमा बढेको अस्वस्थ प्रतिशपर्धा घटाउनका लागि हुनु पर्दछ । मानव जीवनलाई सम्बृद्ध बनाउनकालागि हुनु पर्दछ । सभ्य समाज निर्माणकोलागि हुनु पर्दछ । बनस्पति, जीवजन्तु संरक्षण, प्राकृतिक सम्पदाहरूको संरक्षणका लागि हुनु पर्दछ । जल, जमिनलाई बचाउनको लागि हुनु पर्दछ । यि सम्पुर्ण कार्यमा युवाहरुलाई उचित तवरले परिचालन गर्ने निती र व्यवस्थापन गर्न आजको नेतृत्व चुक्नु हुदैन । अनि मात्र सुन्दर नेपालमा सम्बृद्ध नेपाली भएर बाच्न सक्ने छौ । त्यस कार्यकोलागि युवाहरूको पसिना यहि देशको विकासमा बग्ने गरि लगानी गरियो भने दिगो विकासका लक्ष्य २०३० हाम्रो जस्तो देशकोलागि पनि सार्थक हुन सक्दछ ।
लेखक एजिङ् नेपालसगं आवद्ध हुनुहुन्छ ।