बुढानिलकण्ठ-१२ मा हस्त लेखन प्रतियोगिता सम्पन्न

बुढानिलकण्ठ-१२ मा हस्त लेखन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,फागुन ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा हस्त लेखन प्रतियोगिता सम्पन्न भएको छ। वडा नं १२ को आयोजना र बुढानिलकण्ठ राइट्सको व्यवस्थापनमा वडा नं १२ का विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमूख अनिता लामा, वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई ,वडा नं  १२का अध्यक्ष शम्भु प्रसाद भट्टराई , कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी,शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह,अधिकृत अनिता खनाल लगायतको उपस्थितिमा भएको प्रतियोगिता समापनका अवसरमा विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

सो प्रतियोगितामा घटराज मेमोरियल स्कुलकी प्रकृति लकान्द्रीले प्रथम स्थान हाशिल गरेकी छन भने बोधी सदन सेकेण्डरी स्कुलका हिरा सुनारले दितिय स्थान प्राप्त गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को एक मात्र सामुदायिक विद्यालय बाल कुमारी माविमा भएको प्रतियोगितामा  काठमाण्डौ विद्यालयकी सुस्मिता कटवालले त्रितिय स्थान र  नव मन्जुश्री माविकी प्रसंशा राईले पिपुल्स च्वाइस अवार्ड प्राप्त गरेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।