काठमाडौं भ्यालीको विजयी सुरुआत

काठमाडौं भ्यालीको विजयी सुरुआत

कपन अनलाइन

काठमाण्डौ,फागुन ४ ।

काठमाडौं भ्यालीले वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा काठमाडौं भ्यालीले लक्ष्मी शिक्षा सदनलाई २९–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि विशाल तामाङले ११ स्कोर गरे ।
वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा ग्रिनफिल्डले एडमार्कलाई ६२–२० र होली भिजनलाई ६५–१३, काष्ठमण्डपले कामनालाई २८–१८, नेपालयले केआईसीलाई ३०–७, राइजिङ स्टारले सनसाइनलाई २६–१६ तथा काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले नेपालयलाई ३२–२० ले हराए ।
त्यस्तै जुबिलियन्टले सनसाइनलाई २३–३, राइजिङ स्टारले जुबिलियन्टलाई ३७–१७, होली भिजनले न्यु अरुणोदयलाई ४७–३१, एडमार्कले न्यु अरुणोदयलाई ४३–१४ र काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले काष्ठमण्डपलाई ३१–१८ ले पन्छाए ।
प्रतियोगिताको हिसानका उपाध्यक्ष एवं काठमाडौं भ्यालीका प्रिन्सिपल स्वागत श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।