ह्वाइट माउन्टेन र ग्रिनल्यान्डको जित

ह्वाइट माउन्टेन र ग्रिनल्यान्डको जित

कपन अनलाइन

काठमाण्डौ,फागुन ४।

ह्वाइट माउन्टेन र ग्रिनल्यान्डले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोयिगताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
ह्वाइट माउन्टेनले भद्रकालीलाई २१–१७ ले पराजित ग¥यो । विजेताका डेनिश गुरुङले ६ अंक जोडे । ग्रिनल्यान्डले न्यु जेनिथलाई २२–१६ ले हरायो । ग्रिनल्यान्डका वंश थापाले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमै आयोजक किङडम हिमालयनले जिनियस वल्र्डलाई ४२–३२ तथा स्काइलार्कले ओडिसीलाई २०–१० ले पाखा लगाए । किङडमका जिग्मे लामाले १२ अंक जोडे ।
सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले किङडमलाई ४४–४३ तथा जिनियस वल्र्डले ओडिसीलाई ३९–२१ ले पन्छाए । इबीएका सुहान भण्डारीले २० तथा जिनियस वल्र्डका प्रदीप तामाङले १६ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले न्यु जेनिथलाई १९–१५, पिपुल्स एकेडेमीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २४–१८ र फेरिल्यान्डले भद्रकालीलाई २०–१५ ले पराजित गरे । ग्रिनल्यान्डकी आहाना खड्काले ५, पिपुल्सकी अन्जु र सफीले समान २–२ तथा फेरिल्यान्डकी कृतिकाले १४ अंक बटुले ।

तपाइँको प्रतिक्रिया ।