नेपाली जुत्ता घरमा आजबाट बृहद् समरसेल मेला शुरु

नेपाली जुत्ता घरमा आजबाट बृहद् समरसेल मेला शुरु
काठमाडौँ (कपन अनलाइन) श्रावण २१ /करीब ३ वर्ष अघि नेपालको छाला जुत्ता तथा उद्योगमा स्थापीत जुत्ता उत्पादक कम्पनीहरुको सक्रियतामा स्थापीत नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा बृहद् समरसेल मेला आजदेखि शुरु भएको छ । यस मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गर्नुभएको थियो ।
IMG_0005

नेपाली जुत्ताघरको आयोजनामा यस अघि ४ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी नेपाली जुत्ता चप्पलहरुको पहिलो बृहद् समरसेल मेला नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज र कुमारी पाटी स्थीत आफ्नै बिक्रि कक्षमा आज देखि स्टक रहुन्जेल सम्मका लागी सञ्चालन गर्न लागिएको हो । यो वृहद समरसेल मेलाको प्रमुख उद्धेश्य भनेको नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पुर्याउनुनै रहेको छ ।

सो अवसरमा नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले आम जनमानसमा रहेको सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको बताउनुभयो ।

Logo

यस मेलालाई उपभोक्ताले सर्व सुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीका यस अघिका अन्य मेलामा आउने उपभोक्ताहरु हाम्रो उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा उपभोक्ताहरु  मेलाको प्रतिक्षामा रहने र फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता बढेको बुझाई रहेको छ ।

समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । माथी उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डल हरु समेत उपलब्ध हुनेछन । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ । उद्घाटन समारोहमा फुटवयर म्यानुफ्रयाक्चरर एशोशिएसनका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले मेलाको औचित्य माथी प्रकाश पार्नुभयो ।

कायक्रममा फुटवयर म्यानुफ्याक्चरर एशोशिएसनका अध्यक्ष रविन श्रेष्ठ, नेपाली जुत्ता घरका निर्देशकहरु मनोज श्रेष्ठ, ज्ञानेन्द्र दाहाल, सुरेन्द्र दाहाल तथा नवराज गौतमको उपस्थीती रहेको थियो ।

केहो नेपाली  जुत्ता घर

सवै नेपाली जुत्ता चप्पलहरु एकै छानामुनी उपलब्ध गराई प्रतिस्पर्धि क्षमता बृद्धि गर्नकालागी सामुहिक बिक्रि केन्द्रको आवश्यक्ता महसुस गरी नेपालका प्रमुख चर्चित एवं आपसमा प्रतिस्पर्धि ब्राण्डहरु ः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर विड्डस, टाकुरा सुज, सफटच र शु ल्याण्ड गरि ९ वटा ब्राण्डका जुत्ता चप्पल हरु को सामुहिक प्रयासमा सम्भवतः देशकै सवैभन्दा ठुलो लगानी र ठुलो जुत्ता चप्पलहरुको बिक्रि कक्ष जमल स्थित राष्ट्रिय नांचघरको पहिलो तलामा नेपाली जुत्ता घर प्रा.लि.को नाम बाट बि.सं २०६९ मा स्थापित भएको हो ।

नेपाली जुत्ता चप्पल उत्पादक कंम्पनी हरुले परम्परागत उत्पादन शैलीलाई समयानुसारको परिमार्जन गरि अत्याधुनिक उत्पादन शैलीलाई अड्डीकारगर्दै डिजाइन र गुणस्तरमा समेत उल्लेख्य प्रगती गरेको देखिन्छ ।यसै कारणले होला  नेपाली उपभोक्ता हरुलाई बिस्तारै नेपालि उत्पादनतिर   आकर्षण गर्न सफल भएको छ   ।  “डिजाइन हरुपनि  राम्रा रहेछन र गुणस्तर भएरनैत    होला ,  सवै नेपाली ब्राण्डका जुत्ता चप्पलहरुमा ६ महिनाको वारेन्टी दिएको रहेछ” हातमा  चप्पलहरुको झोला च्यापेर बिक्रि कक्ष जमल बाट बाहिर  निस्किदै गर्दा  क्षेत्रपाटि निवासी उपभोक्ता    बितिता ताम्राकारले  बताउनुभयो ।

shoes-400x300

कोही नझुक्किउन र नठगीउन भनेर उपभोक्ताहरुको हित लाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पल हरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको संचालक हरु बताउछन  । उपभोक्ताको  विश्वास लाई कायम राख्न र आगामी दिनमा  थप सेवा र सुविधा उपलब्ध गराउन नेपाली जुत्ता घर प्रा.लि.ले आफनो क्षेत्र बाट हरसम्भव सक्दो प्रयास गर्ने जनाएको छ ।

नेपाली जुत्ता घर स्थापना भएको ३  वर्षको अवधीमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै थप ३ वटा शाखा बिस्तार गरि सकेको छ  जसमा  राष्ट्रिय नाचघर जमल मुख्य सोरुम र शाखाहरु मा  महाराजगञ्ज चक्रपथ , ललितपुर कुमारीपाटी  नमस्ते सुपरमार्केटमा   स्थापना गर्र्दै उपभोक्तालाई थप सेवा र सुविधा दिने प्रयास गरेको छ  । आगामी दिनमा उपभोक्ताहरुको माग अनुसार बिभिन्न स्थानमा समेत आफ्ना बिक्रि कक्षहरु बिस्तार गर्न सामुहिक रुपमै अझ सशक्त रुपमा अग्रसर रहने योजना रह्को कार्यक्रममा  उपस्थित छाला जुता उत्पादक हरुले बताए  ।

तपाइँको प्रतिक्रिया ।