बाबा र आमा : ललिता ‘दोषी’ (कविता )

बाबा र आमा : ललिता ‘दोषी’ (कविता )

कपन अनलाइन
काठमाडौं,माघ २७।

आमा पियारी
नलाऊ है वचन
बस सिहारी ।

बाबाप्यारा छन्
पिएर आँसु आफैँ
खोला तार्या  छन् ।

नरोऊ आमा
तिमीलाई दुःख छ
माग्दिनँजामा ।

पढ्ने छु आमा
तिम्रो पीर पखाल्न
बढ्ने छु आमा ।

नरोऊ आमा
सासू छन् बिरामी
यहीहो धाम ।

आँखाकानानी
आमा र बाबा नै हुन्
मायाका खानी ।

तिम्रै छ माया
आमा टाढा भए नि !
गएन छाया ।

आमाको काख
जति ठूलो भए नि !
लाग्छ है लाख ।

मनमातिमी
सम्झदा लाग्छ आमा
रिमि र झिमी ।

बसेर भोको
पुर्याए  है बाबाले
मेरो नै धोको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।