प्रथम ज्ञान चक्षु जिल्ला ब्यापी तेक्वान्डो प्रतियोगिता सम्पन्न

प्रथम ज्ञान चक्षु जिल्ला ब्यापी तेक्वान्डो प्रतियोगिता सम्पन्न

कपन अनलाइन
काठमाडौं, माघ २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ज्ञान चक्षु सेकेण्डरी स्कुलको आयोजनामा प्रथम प्रथम ज्ञान चक्षु जिल्ला ब्यापी तेक्वान्डो प्रतियोगिता सम्पन्न भएको छ।

ज्ञान चक्षु सेकेण्डरी स्कुलका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता समापनको अवसरमा नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महत प्रमुख अतिथि रहेका थिए।

काठमाण्डौका विभिन्न १५ वटा विद्यालयका २५० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको सो प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा ,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन ,वडा सदस्य सावित्रा ढकाल भट्टराई नेकपा एमालेका नेता नारायण भाई श्रेष्ठ ,नेपाल तेक्वान्डो संघ काठमाण्डौका अध्यक्ष विक्रम खड्गी सहित विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

लामो समय देखि शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुर्याइरहेको ज्ञान चक्षुले आयोजना गरेको  सो प्रतियोगितामा विजयी बनेका खेलाडीहरुलाई अतिथि हरुले पदक तथा पुरस्कार वितरण गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।