एन प्याब्सन खेलकुद सप्ताह : जिल्ला स्तरिय फुटसलको उपाधि प्रशान्ति एकेडेमीलाई

एन प्याब्सन खेलकुद सप्ताह : जिल्ला स्तरिय फुटसलको उपाधि प्रशान्ति एकेडेमीलाई

कपन अनलाइन
काठमाडौं, माघ २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको  प्रशान्ति एकेडेमी एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलमा बिजेता बनेको छ ।

बुढानिलकण्ठ -११ मा रहेको दीक्षालय नेपाल फाउन्डेसनमा भएको खेलमा प्रशान्ति ले भिमेस्वर एकेडेमीलाइ २-१ ले पराजित गर्दै बिजेता बनेको हो ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा भइरहेको खेलकुद सप्ताहको फुटसलमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए।  विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।