भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल : हिमरश्मि र गोल्डेनपिकको जित

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल : हिमरश्मि र गोल्डेनपिकको जित

कपन अनलाइन
काठमाडौं, माघ २३।
हिमरश्मि र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतिस्पर्धामा हिमरश्मिले भद्रकालीलाई २०–१५ तथा गोल्डेनपिकले एन्जल्स हार्टलाई ३४–२७ ले पराजित गरे ।
जुनियर ब्वाइजमै सेबले ग्रिनल्यान्डलाई १७–१४, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई २१–१६ र नेसनल युनाइटेडले प्रारम्भलाई १८–१३ ले हराए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५७–४९, एलआरआईले साइपाल एकेडेमीलाई ३८–२४, लिटिल एन्जल्स (एलए) ले हिमालयलाई ३०–२४ र गोल्डेनपिकले बेम्सलाई ४६–३९ ले पाखा लगाए ।
सिनियर गल्र्समा बेम्सले एलएलाई १९–१५, एचएचसीएले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२०, रिलायन्सले प्रारम्भलाई २९–२० र साइपालले डिएभीलाई १६–१३ ले पन्छाए ।

तपाइँको प्रतिक्रिया ।