प्रस्तावित शिक्षा ऐनको अभ्यास:प्रादेशिक एसईई परीक्षाको सुरूवात गर्दै नेशनल प्याब्सन बागमती

प्रस्तावित शिक्षा ऐनको अभ्यास:प्रादेशिक एसईई परीक्षाको सुरूवात गर्दै नेशनल प्याब्सन बागमती

कपन अनलाइन

काठमाण्डौ ,माघ २१।

रास्ट्रीय  निजी तथा आवासीय विध्यालय एसोसिएसन नेपालले प्रस्तावित संघीय शिक्षा ऐन अनुसार प्रादेशिक रुपमा एसईई परीक्षाको सुरूवात गर्ने अभ्यास स्वरुप  SEE PRE-BOARD Exam 2080 सञ्चालन गरेको छ।सो परिक्षा  माघ १९ गते देखि शुरू भएको थियो ।

नेसनल प्याव्सन बागमती प्रदेश समितीले तिन जिल्लाका ५५ विध्यालयमा प्रि बोर्ड  परिक्षा सञ्चालन गर्दै प्रस्तावित शिक्षा ऐन अनुसारको अभ्यास शुरुवात गरेको प्रदेश समितीका अध्यक्ष नारायण कुमार कार्कीले जानकारी दिएका छन।

पहिलो चरणमा बागमती प्रदेशका काठमाण्डौ ,सिन्धुली र धादिंग जिल्लामा भएको परिक्षामा १० परिक्षा केन्द्रका १४२५ विद्यार्थी सहभागी रहेको जानकारी दिदै प्रदेश समिती सदस्य तथा परिक्षा संयोजक नवरथ बानियाले अन्य जिल्लामा पनि आगामी दिनमा परिक्षा सञ्चालन हुने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।