ओखलढुंगामा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु

ओखलढुंगामा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,माघ २१।

ओखलढुंगामा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको चिसङ्खुगढी गाउँपालिका ६ का ६६ वर्षिय एक बहादुर मगरको मृत्यु भएको हो ।

गएको शनिबार चिसंखुगढी भदौरे मुगाछाप देखि सिद्धिचरण नगरपालिका २ चुहानछाप हुँदै भदौरे जाने कच्ची सडक निर्माण गर्ने क्रममा ०३–०१–००३ क ७३५६ नंबरको स्काभेटरले मगरलाई ठक्कर दिई घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरिक्षक बालिष्टर सिंहले जानकारी दिए ।

घाईते मगरलाई उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो  । घटनाबारे प्रहरीले अनुसन्धन तथा कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।