भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल : ह्वाइट माउन्टेन र बीएमसीएलाई सफलता

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल : ह्वाइट माउन्टेन र बीएमसीएलाई सफलता

कपन अनलाइन

काठमाण्डौ ,माघ २१ ।

ह्वाइट माउन्टेन र बीएमसीएले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ह्वाइट माउन्टेनले नेक्ससलाई २६–२४ ले पराजित ग¥यो । ह्वाइट माउन्टेनका मनकार केसीले ११ अंक जोडे ।  बीएमसीएले जेम्सलाई २०–११ ले हरायो । बीएमसीएका विमल गुरुङले ९ स्कोर गरे ।
जुनियर ब्वाइजमै स्कोलर्स होमले ग्रिनल्यान्डलाई १४–६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई १८–१३, निस्टले स्कोलर्स होमलाई १६–१५, सेबले स्कोलर्स होमलाई नै १९–८, काठमाडौं भ्यालीले एसिया प्यासिफिकलाई १९–१३ र किङडमले क्यान्भासलाई ३३–१२ ले पाखा लगाए ।
सिनियर ब्वाइजमा एलआरआईले टीआईएलाई ३८–३३, बीभीएसले बागमतीलाई २४–२३, गोल्डेनपिकले बीएनएलाई ४४–२०, एचएचसीएले हिमालयनलाई ४१–२०, ग्रिनल्यान्डले रेडिअन्टलाई ४९–३३ र साइपाल एकेडेमीले काठमाडौं ग्लोबललाई ३०–१९ ले पन्छाए ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले टीआएलाई १४–९, काठमाडौं भ्यालीले क्यान्भासलाई १४–९ र इबीएले साइपाललाई २१–१३ ले निराश पारे ।

तपाइँको प्रतिक्रिया ।