एनप्याब्सन खेलकुद सप्ताह : निरेश र इच्छालाई स्वर्ण

एनप्याब्सन खेलकुद सप्ताह : निरेश र इच्छालाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

युनिर्भसलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले एनप्याब्सन खेलकुद सप्ताहको टेबलटेनिसमा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा निरेश र गल्र्समा इच्छा पहिलो भएका हुन् ।
धुम्बाराहीस्थित युनिभर्सलमा भएको ब्वाइज सिंगल्स फाइनलमा निरेशले फ्युचर स्टारका विजय थापा मगरलाई ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे । ग्रिन लन्स एकेडेमीका सुयोग रजक र आरुणीका प्रभास थापा तेश्रा  भए ।
नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इच्छाले आफ्नै स्कुलकी कृतिका अर्याललाई ८–११, ११–६ र ११–७ को सेटमा हराइन् । पिक प्वाइन्टकी विष्णुकुमार मगर र युनिभर्सलकी प्रशंसा बुढाथोकी तेश्रो बने ।
प्रतियोगितामा विभिन्न २२ विद्यालयका ४० ब्वाइज तथा १५ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेको टेबलटेनिसका संयोजक विजय खरेलले जनाएका छन् । दुई सिंगल्स स्पर्धामा खेल भएको थियो ।
विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत आइतबार एथलेटिक्स र टग अफ वार हुने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।