१६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलमा ग्रिनल्यान्ड र डाफोडिल विजयी

१६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलमा ग्रिनल्यान्ड र डाफोडिल विजयी

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

ग्रिनल्यान्ड र डाफोडिलले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ग्रिनल्यान्डले निस्टलाई १५–११ ले पराजित ग¥यो । ग्रिनल्यान्डका वंश थापाले ७ स्कोर गरे । डाफोडिलले ह्वाइट माउन्टेनलाई २५–११ ले हरायो ।
जुनियर ब्वाइजमै लाँलीगुराँस नेसनल एकेडेमीले डिएभीलाई ४८–३२, हिमरश्मिले बीएनएलाई २०–१५, रेडिअन्ट पब्लिकले नेक्ससलाई १८–१४, क्यान्भासले जेम्सलाई २८–२४, भ्याली पब्लिकले ग्रिनफिल्डलाई १६–१४, काठमाडौं भ्यालीले न्युटनलाई १६–११ र एन्जल्स हार्टले एनसीसीएसलाई १५–११ ले पाखा लगाए ।
सिनियर ब्वाइजमा एचएचसीएले किङडमलाई ५६–५४, ग्रिनल्यान्डले बृहस्पति विद्या सदनलाई ३९–३४, टीआईएले साइपाल एकेडेमीलाई ३५–२५, लिटिल एन्जल्सले स्नोल्यान्डलाई २८–२७, युनिभर्सिटीले काठमाडौं ग्लोबललाई २६–१७ र बागमतीले रेडिअन्ट पब्लिकलाई ३९–१४ ले पन्छाए ।
सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले क्यान्भासलाई २२–८, बीएनएले ह्वाइट माउन्टेनलाई १९–१६ र भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित गरे ।

तपाइँको प्रतिक्रिया ।