नौलो बिहानी :त्रिलोचन आचार्य (कविता )

नौलो बिहानी :त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

१. यै सिन्धुका फाँट गरा गरामा
यै सिन्धुकाउच्चथलाथलामा
सङ्गीत मीठो अब गाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
२. बोकेर ल्याऊँ कि हलो जुवा म ?
खन्दै रमाऊँ कि नयाँकुवा म ?
अग्लाचुलीमापनिधाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
३. माटो यहाँको छ पवित्र स्वच्छ
बाटो यहाँको छ अनन्तदिव्य
चोखो उज्यालोपन पाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
४. छन् शत्रु हाम्राभयक्रोध राग
छन् व्दैषका चाङ अनेक दाग
फेरेर छाती शुभगाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
५. ढाँट्ने र छल्ने सय रीतलाई
लुट्ने र उठ्ने सयगीतलाई
हान्दै दरो लात हटाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
६. बेकारका फाल्तु गरेर बात
बन्ने ठुलो गर्न अनेक घात
रस्ताव्यवस्थातहलाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
७. बाँड्दै रहोस् तीनघरे प्रसाद
फाल्दै रहोस्जीवनकाविषाद
उल्लास चोखो अझ छाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
८. पैलो पछौटेपन यो छ शत्रु
दारिद्रताजर्जर जो छ शत्रु
यीफाल्नआन्दोलन छाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
९. आमा रमाऊन् धरती रमाउँन्
सक्नेहरू कामनयाँ समाउँन्
त्यो सभ्यताबास बसाउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
१०.यो ठाउँ मेरो म सजाउँनेछु
यो गाउँ मेरो म जगाउँनेछु
भन्दैछु फर्केर म आउँनै छ
नौलो बिहानी अझ ल्याउँनै छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।