१० औं एक्सेल्सियर कप: ज्ञानोदय र संस्कृति क्वाटरफाइनलमा

१० औं एक्सेल्सियर कप: ज्ञानोदय र संस्कृति क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १८ ।

ज्ञानोदय बालवाटिका र संस्कृति १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित आयोजक द एक्सिेल्सियर स्कुलको कोर्टमा ज्ञानोदयले बोधीसत्वलाई १०–४ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा रिस्ता टिजाले ४ अंक योगदान गरिन् । जुरी थपलियाको ३ अंक सहयोगमा संस्कृतिले द चाँदबागलाई १०–७ ले हरायो । सिनियर गल्र्समै रिब्सले एक्सेल्सियरलाई ६–२ ले पाखा लगाउदै क्वाटरफाइनलम स्थान सुरक्षित ग¥यो । रिब्सकी खुशी अधिकारीले ५ अंक जोडिन् ।
सिनियर ब्वाइजमा एनआईसी एकेडेमीले निसर्ग वाटिकालाई ३७–१७ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय ग¥यो । एनआईसीका मिसन भट्टराईले ११ स्कोर गरे । सोही स्पर्धामा ज्ञानोदय बालवाटिकाले टीआईएलाई ४२–३१ तथा जेनिथले विस्डम एकेडेमीलाई ४१–४ ले पराजित गरे । ज्ञानोदयका दीपेश शाहीले २३ तथा जेनिथका अनिश गुरुङले १५ अंक जोडे ।
ब्वाइज फुटसल ः एक्सेल्सियर र ग्रिनफिल्ड क्वाटरफाइनलमा
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘डि’ को लिग खेलमा एक्सेल्सियर ‘रातो’ र ग्रिनफिल्डले १–१ गोलको बराबरी खेले । यो नतिजासंगै एक्सेल्सियर ‘रातो’ उपविजेता र ग्रिनफिल्ड विजेताका हैसियतमा क्वाटरफाइनलमा पुगे । निसर्ग वाटिकाले एक्सेल्सियर ‘नीलो’ लाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्यो ।
यु–१२ मा सेक्रेड हार्टले काष्ठमण्डपलाई ४–०, किड्स लर्निङले रिब्सलाई २–० र न्यु एरालाई ३–० तथा रिब्सले न्यु एरालाई २–० गोलले पराजित गरे ।
यु–१३ मा निसर्ग वाटिकाले एलआरआईलाई २–१ र एनआईसीलाई ३–२, एक्सेल्सियर ‘पहेलो’ ले काष्ठमण्डपलाई १–०, काष्ठमण्डपले एनआईसीलाई २–०, एलआरआईले एनआईसीलाई १–० तथा न्यु एराले एक्सेल्सियर ‘रातो’ लाई २–० गोलले हराए ।

तपाइँको प्रतिक्रिया ।