किसुन जी स्मृति हाफ म्याराथन चैतमा हुने

किसुन जी स्मृति हाफ म्याराथन चैतमा हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ १८ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक गुरुङले जानकारी गराए । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हुने म्याराथन गल्फुटारबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।
‘रन फर फन’ अन्तर्गत विद्यार्थीलगायतको ५ किलोमिटर दौड पनि हुनेछ । उक्त दौडमा पुरुष÷महिलातर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
म्याराथनको समापन समारोहमा खेल क्षेत्रमा योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा संघका सचिव दामोदर भट्टराई (बद्री) र सदस्य राजु बोगटीलाई सम्मान गरिएको थियो । भट्टराईलाई अखिल नेपाल फुटबल संघको सह–महासचिवमा नियुक्त भएको र बोगटीलाई ए डिभिजन क्लब जावलाखेल युथ क्लबको उपाध्यक्षमा चयन भएकोमा सम्मान गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।