हलि न हलो : रामचन्द्र दाहाल (कविता )

हलि न हलो : रामचन्द्र दाहाल (कविता )

कपन अनलाइन
काठमाडौं,माघ १३ ।

विचराधिनले विद्रोह जन्माउँछ र
नाराहरू अहोरात्र सुनिन्छन् ।
अन्धकार भएर दिनहरू
सडकमा पनि सत्ता कराउँछ ।
विकारले सन्तुलन बिगारे पछि
सामूहिक हत्या गरेर सडकहरूमा
कोतमा देश हारी रहन्छ ।

सर्पहरू सल्बलाए पछि
स्वाभिमानको बिक्रि हुन्छ
सुकुलले मुकुट लगाएकै दिन
देश निरास र फिक्का हुन्छ ।

अभावले लालपञ्जा लगाउँ छ
कोठीहरू नाङ्गेझार बोक्छन् अनि
जीवनयापनमा अश्लीलता पोखिन्छ ।

भाषणमा रोजगार बसेपछि
आश्वासनले तालि ठोक्छ
औजार भएर श्रमिकहरू
तन्नेरी पसिना विदेशमा पोख्छ ।
खोक्रो भक्ति भुकाइमा पहिरो खस्छ र
हलि न हलो देश बाँझै बस्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।